× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    क्यान इन्फोटेकको २८ औँ संस्करण माघ २४ गतेदेखि काठमाडौँमा हुने

    २ वर्ष पहिले

    पुस-२८,क्यान इन्फोटेकको २८ औँ संस्करण माघ २४ गतेदेखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले क्यान इन्फोटेकको आयोजना हुने भएको हो ।

    नेपालमा सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरूपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी को यो २८ औँ संस्करण हो जुन ६ दिन सम्म चल्नेछ।

    यस पटकको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरूको अधिकतम सहभागिता रहने क्यान महासङ्घले जनाएको छ ।

    क्यान इन्फोटेकको २८ औँ संस्करणको मितिसँगै यसको शीर्ष प्रायोजन, सह–प्रायोजन, प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला समेत गरिएको जनाइछ ।

    सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासङ्घका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ ।

    यो प्रदर्शनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरुका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो हुने विश्वास गरिएको छ ।

    क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अवसर दिनेछ ।

    क्यान इन्फोटेकमा अवलोकनर्ताले देश–विदेशका सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने छन् ।

    साथै, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी पनि प्रदर्शनीमा उपलब्ध हुनेछन् ।

    यसैगरी, आईओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।

    प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

    क्यान महासङ्घले क्यान इन्फोटेक २०२३ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र बिधुत आपूर्ति, सुरक्षा गार्ड, स्टेशनरी, छपाई लगायतका प्रस्तावहरू समेत आह्वान गरेको छ ।