× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    बन्दीपुर केबलकार भित्रै रेष्टुरेन्टदेखि सुत्ने सुविधा, बैशाख देखि संचालनमा आउने

    २ वर्ष पहिले

    पुस-२९, बन्दीपुर केबलकार एण्ड टुरिजमले केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्था सहित केबलकार सञ्चालनको तयारी थालेको छ । पहाडकी रानीका नामले परिचित बन्दीपुरमा आगामी नयाँ वर्ष देखि केबलकारभित्रै रेष्टुरेन्ट, सुत्ने ओछ्यान सहितको सुविधा भएको बन्दिपुर केबलकार सञ्चालनमा आउने भएको छ ।

    यात्रु बोक्ने र ओराल्ने बाहेक केबलकारमा नयाँ सेवा सुविधा थप्दै फरक ढंगले बन्दिपुरमा केलबकार सञ्चालनको तयारी भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । पर्यटनमा नौलो स्वादका साथ बन्दिपुरमा आउने पर्यटकलाई नौलो स्वादका साथ बन्दिपुरमा आउने पर्यटकलाई लक्षित गरी आगामी नयाँ बर्ष अर्थात बैशाखदेखि केबलकार सञ्चालनमा आउने उनको भनाइ छ ।

    उनका अनुसार आगामी बैशाखदेखि बन्दीपुर आउने पर्यकटले पारदर्शी सिसाभित्र सुतेरै पर्यटकले केवलकार घुमेर रमणीय प्राकृतिक स्थलको अवलोकन गरी आनन्द लिन पाउनेछन् । आगामी नयाँ वर्ष २०८० साल बैशाख महिनादेखि बन्दीपुरमा पर्यटकलाई नयाँपन दिन खाना र सुत्न पाइने केबलकार सञ्चालन गर्न लागिएको उनले बताए । दक्षिण एसियामै यस्तो सुविधा दिनेमा बन्दीपुर केबलकार पहिलो हुने दाबी कम्पनीको छ ।

    आवतजावतको समय पश्चात् साँझ पख केबुलकार भित्र रेष्टुरेण्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिनेछ । प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने उनले बताए । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ’, शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।

    कति लाग्छ शुल्क ?

    केबलकार भित्रै रेष्टुरेन्ट तथा सुत्ने ओछ्यानका लागि कम्पनीले छुट्टै शुल्क तोकेको छ । रेस्ट्रो–कार नाम दिइएकोे केबलबार रेष्टुरेन्ट र ओछ्यानका लागि १ घण्टाको समय तोकिएको छ । २५ हजार रुपैयाँ शुल्कमा रेष्टुरेन्ट र ओछ्यान बुक गर्न सकिन्छ । ८ जना बस्न मिल्ने उक्त रेस्ट्रो कार तोकिएको समयभित्र तल माथि भइरहनेछ ।

    कम्पनीले शाकाहारी, मांशाहारी खानेकुरासँगै पेय पदार्थ समेत उपलब्ध गराउने बताइएको छ । ६५ वर्ष माथिका नागरिक र टिकटमा सहुलियत दिइएको कम्पनीले जनाएको छ । १७५ रुपैयाँमा केबलकार चढ्न पाइनेछ । न्यूनतम टिकट ५ सय रुपैयाँ देखि २५ हजार रुपैययाँ तोकिएको छ ।

    यस्तै, ठूलो संख्यामा आउने पर्यटकलाई लक्षित गर्दै कम्पनीले टिकटमा सहुलियत दिने जनाएको छ । उनले बन्दीपुरमा खर्च गर्न आउने पर्यटकलाई नै लक्षित गर्दै केबलकार, रेस्ट्रोकार, तारे स्तरको होटल बनाइएको बताए ।

    होटलभित्रै केबलकार

    हाइवेमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको १७ तल्ले होटलभित्रै केबलकार छिर्नेछ । ‘बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ, माथि सिधै होटलभित्र पस्छ, मलेसियामा बाहेक अन्यत्र यस्तो प्रकारको केबलकार निर्माण भएको छैन्, यो दुलर्भ नै हो’, उनले भने ।

    उनले बन्दीपुर केबलकारको बटम स्टेशन अन्य केबलकारभन्दा फरक रहेको बताए । ‘बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक छ, टर्मिनल भवन छ, सोही भवनमा भीआइपी लाउन्ज, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), गेष्टलाई स्वागत गर्ने रुम लगायतका कामहरु एउटै भवनबाट हुन्छ, उनले थपे ।

    ‘क्वीन टावर’ नाम दिइएको १७ तल्ले भवनबाट बन्दीपुर उपत्यका सहित काठमाडौं देखिनु हो । ९० रुम रहेको हिलपटमा ७८ वटा रुप प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ । सेमिनारलगायत अन्य कामका लागि १ हजार जना मान्छे अट्ने ठूलो हल पनि बन्ने भएको छ ।

    केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्म १७ सय किलाेमिटर दूरीको यात्रा गर्न पाउनेछन् । एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ ।