× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    देशको अर्थतन्त्रमा सुधारको संकेत

    २ वर्ष पहिले

    पुस-२९, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे रिपाेर्ट हेर्दा अर्थतन्त्रमा सुधार देखिएकाे छ।

    राष्ट्र बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । आयात २०.७ प्रतिशतले घट्दा निर्यात पनि ३४.६ प्रतिशतले घटेकाे छ । यस्तै, पछिल्लाे ५ महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ । याे अर्थतन्त्र सुधारका लागि राम्राे कुरा हाे ।

    देशभित्रको उपभोक्ता मूल्य सामान्य वृद्धि भएको छ । पछिल्लो मंसिर महिनामा विन्दुगत आधारमा उपभोक्ता मूल्य वृद्धि ७.३८ प्रतिशत पुगेको छ । मूल्य वृद्धि अघिल्लो वर्षको यही अवधिमा ७.११ प्रतिशत रहेको थियो ।

    राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ५९ प्रतिशत रहेको छ ।

    यस्तै अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २३.० प्रतिशतले बढी रु ४८० अर्व ५० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा ६.३ प्रतिशतले घटेको थियो।

    चालु खाताको घाटा रु ३७ अर्ब ९१ करोड रहेको छ । गएको वर्षको यही अवधिमा देशको चालु खाता २९८ अर्व ५१ करोड रुपैंयाँ घाटामा रहेको थियो । देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर अर्थात शोधनान्तर स्थिति ४५ खर्ब ८७ करोड रुपैयाँ बचत रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिको शोधनान्तर १ अर्ब ६४ करोड रुपैयाँ घाटामा रहेको थियो ।

    आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु निर्यात ३.६ प्रतिशतले कमि आई रु. ६७ खर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमि आई ६६४ अर्ब ७५ करोड कायम भएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो । यसरी पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले कमि आई ५९७ अर्ब ४४ करोड पुगेको छ ।

    यस्तै २०७९ असार मसान्तसम्म रु १२१५ अर्ब ८० करोड विदेशी विनिमयको सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तसम्म रू १२९२ अर्ब ५६ करोड पुगेको छ ।