× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    शाकिराले पूर्वपति जेरार्ड पिकेको विषयमा बनाएको गीतले युट्युबमा नयाँ रेकर्ड

    २ वर्ष पहिले

    पुस-३०, कम्बोडियन गायिका शाकिराले आफ्ना पूर्वपति जेरार्ड पिकेले धोका दिएको विषयमा बनाएको गीतले युट्युबमा नयाँ रेकर्ड राखेको छ । बार्सिलोनका डिफेन्डर पूर्वपति जेरार्ड पीकेले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै तयार पारेको डिस ट्रयाकले अपलोड भएको २४ घण्टामा ६३ मिलियन बढी भ्युजको आँकडा पार गरेको हो । गीतमा उनले पिकेकी २३ वर्षीया नयाँ प्रेमिकाको कुरा गरेकी छिन् ।

    गीतमा उनले कर नतिरेको भनी पछि लागेका स्पेनिस कर अधिकारीलाई पनि व्यंग्य गरेको बीबीसीले उल्लेख गरेको छ । उनले गीतमा आफैँलाई पनि उडाउन बाँकी राखेकी छैनन् । गीतमा उनले आफरुले धेरै समय जिममा खर्चिएको तर दिमागले पनि केही काम गर्नुपर्ने बताएकी छिन् ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार उक्त गीतले ल्याटिन गीतहरूमध्ये छोटो समयमा सर्वाधिक बढी हेरिएको युट्युब रेकर्ड राखेको छ । ४५ वर्षीया शाकिरा र स्पेनिस पूर्व फुटबलर ३५ वर्षीय पीके १० वर्षको सम्बन्धपछि सन् २०२२ मा अलग्गिएका थिए ।यसअघि जे ब्याभ्लिन, लुइ फोन्सी र ड्याडी यान्कीले राखेको रेकर्ड शाकिराको यो गीतले तोडेको हो । चार मिनेट लामो यो पप गीत शाकिरा र अर्जेन्टिनी प्रोड्युर तथा डीजे बिजा र्यापबीचको पहिलो सहकार्य हो ।