× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज दुर्घटना ग्रस्त विमानको नालिबेली- सुनिल उलक

    २ वर्ष पहिले

    माघ-१, नेपाली आकाशमा 9N-ANC कोड अंकित ATR विमानमा Pratt & Whitney Canada PW127F मोडलका दुई ईञ्जिन रहेको सन २००७ को अगष्ट १ मा निर्मित विमान हो । lsf Investec कम्पनीले खरिद गरेको सो विमान भारतीय विवादित विमान कम्पनी किङफिसरलाई लिजमा उपलव्ध गराएको सो विमान VT-KAJ कोडका साथ २००७ को अगष्ट १७ बाट भारतीय आकाशमा उड्न थालेको थियो । कन्स्ट्रक्सन नम्वर ७५४ रहेको सो विमान २०१२ को अन्तमा किङफिसरले फिर्ता गरेको सो विमान अप्रिल २०१३ मा मर्मत गरि थाइल्यान्डको नोक एयरलाई पून लिजमा उपलव्ध गराएको थियो ।

    सन २०१९, २६ अप्रिलबाट भने नेपाली विमान कम्पनी यति एयरलाइन्सले लिजमा लिएर 9N-ANC कोडमा उडाउन थालेको थियो ।

    सो विमानले आजै विहान देखि तीन उडान गरेको थियो । बिहान ७ बजे काठमाडौंबाट पोखरा र ७:४५ मा पोखराबाट काठमाडौं फर्केर पून १०:३२ मा काठमाडौंबाट पोखराका लागि उडेको थियो । यसरी साढे तीन घण्टामा तीन उडान गर्दा बिचमा विमानको परिक्षण गर्यो या गरेन सोचनीय छ।

    अविश्वसनीय यस दुर्घटनाको विमान पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको लागि महत्त्वपूर्ण विमान पनि थियो । यहीँ विमानले पौष ७ गते नयाँ नवनिर्मित विमानस्थलमा डेमो उडान गरेको थियो भने पौष १७ गते उद्घाटन समारोहका दिन उडान गर्ने पहिलो जहाज पनि यहि थियो ।

    पोखरा अन्तरास्ट्रिय विमानस्थलबाट अवतरणको अनुमति पाइसकेको सो विमान के कति कारणले पुरानो पोखरा विमानस्थल नजिकै दुर्घटना भयो भन्ने यकिन जानकारी प्राप्त भएको छैन । धेरैका धेरै तर्क वितर्क आएका छन् । बस्तीमा विमान नखसेर सेती खोँचमा खसेका कारण पाइलटले विमान भित्र कुनै टेक्निकल खराबी का कारढ दुर्घटना हुन सक्ने आकलनले अन्य मानवीय क्षति हुनबाट जोगाएको आभास हुन्छ ।

    दुर्घटना ग्रस्त सो विमानमा ५ भारतीय, ४ रसियन, २ कोरियन, १ आइरिस, १ अर्जेन्टिनी, १ फ्रान्सेली, १ अस्ट्रेलियाली तथा ५३ नेपाली थिए । जसमा अन्य दुइ बालकहरु र तीन शिशु पनि रहेको जानकारी दिइएको छ । साथै ४ विमान कर्मचारीमा दुई एयर होस्टेस तथा दुई पाइलट थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीसंग सम्पर्क गर्दा वहाँले दुर्घटना ग्रस्त विमानबाट कुनै पनि यात्रु जीवित उद्दार नगरिएको जानकारी दिनुभएको छ ।

    पोखराको विमानस्थलमा यति ठूलो मानवीय क्षति भएको यो पहिलो घटना हो ।