× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने

    २ वर्ष पहिले

    माघ-४, नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने भएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उहाँलाइ सम्मान गर्न लागिएको हो ।

    डा. रुइतले समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान स्वरुप सम्मान गर्ने निर्णय गरिएको सो संस्थाले जनाएको छ । डा. रुइतले मोतियाबिन्दुको उपचारमा सरल विधिको विकास गरेर हजारौं मानिसहरूलाइ सेवा गर्नुभएको छ ।

    अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने बताइएको छ । डा.रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाइसक्नुभएको छ । यस वर्ष यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए ।