× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राजमार्गमा फोहोर फाल्ने सवारीसाधन र यात्रुलाई कारबाही हुने

    २ वर्ष पहिले

    माघ-५, नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बीपी राजमार्गमा फोहोर फाल्ने सवारीसाधन र यात्रुलाई कारबाही गर्ने भएको छ । साताव्यापी रूपमा राजमार्ग सरसफाइ गर्दै आएको पालिकाले प्रहरीसँगको सहकार्यमा कारबाही अगाडि बढाउने नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए ।

    पालिकाले बुधबार सवारीसाधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकरसमेत टाँसेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच सार्वजनिक सवारीकासाधनबाट उत्पन्न हुने फोहोरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा समझदारी भए पनि पालना हुन सकेको छैन ।

    अब पनि अटेर गरेमा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम सवारी चालक वा यात्रुलाई कारबाही हुने पालिकाले जनाएको छ ।