× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कुरिनघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

    २ वर्ष पहिले

    माघ-७, पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनघाटमा सवारी दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट मुग्लिन तर्फ जादैँ गरेको ना ४ ख १२४० नम्बरको ट्रकले विपरित दिशबाट जादैँ गरेको बा २२ प ७७७६ नम्बरको मोटरसाइकललाई दिउँसो ३ बजेर १५ मिनेटको समयमा ठक्कर दिदाँ मोटरसाइकलमा सवार इच्छाकामना ४ बस्ने बर्ष २७ को तुल बहादुर गुरुङ र बर्ष २६ को रमेश मगर घाइते भएका हुन् । घाइते मध्ये रमेश मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    घाइतेहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । मोटरसाइकल ,ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय मुग्लिने जनाएको छ।