× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकाले विपन्न परिवारको घर निर्माण गरिदिने

    २ वर्ष पहिले

    माघ-९, चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्र रहेका अत्यन्त विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ।

    गाउँपालिकाले आफ्नै स्रोत तथा विभिन्न सघसंस्थाहरुसँगको सहयोगमा गाउँपालिका भित्र रहेका आफैले घर निर्माण गर्न नसक्ने अत्यन्त विपन्न परिवार पहिचान गरि उनीहरुको घर निर्माण गर्ने तयारी थालेको हो।

    यसका लागि शनिबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र उपाध्यक्ष माया सिलवाल सहितको एक टोली इच्छाकामना गाउँपालिका ७ ढाँडबारीमा पुगी अवलोकन गरेका थिए। उक्त गाउँका विपन्न परिवारको घर निरिक्षण गर्दै गाउँपालिका अध्यक्ष गुरुङले तत्काल घर निर्माणका लागि सामाग्रीहरु उपलब्ध गराउने उनीहरु समक्ष प्रतिबद्धता गरेका छन्। अध्यक्ष गुरुङले घर निर्माणको लागि आवश्यक सामाग्री गाउँपालिकाले उपलब्ध गराईदिने बाचा गर्दै उनीहरुलाई श्रमदान गर्न अनुरोध गरेका छन्। ‘गाउँपालिकाले सामान दिन्छ, श्रमदान चाहि तपाईहरुले गर्नुपर्छ’ –उनले भने।

    यसैगरी केही घरहरु भने नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत निर्माण गरिने अध्यक्ष गुरुङले बताए। अध्यक्ष गुरुङका अनुसार इच्छाकामना गाउँपालिकाले वडा नं. ७ मा नमुना बस्ती निर्माणको काम गरिरहेको छ। यस आवमा मात्रै नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत गाउँपालिकाले १९ वटा घर निर्माण गर्नेछ।