२ वर्ष पहिले
माघ-१२, सरकारले क्रसर उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्न असार मसान्तसम्म समयसीमा तोकेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले क्रसर उद्योगलाई नियमन गरी सञ्चालन गर्न दिने र अनुमतिबिनै चलिरहेकालाई बन्द गर्ने निर्णय गरेको हो।
यस्तै, महत्त्वपूर्ण आयोजनाका लागि सञ्चालनमा आएका र आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योग बन्द गर्ने निर्णय सरकारले गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए।