× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाली क्रिकेटर आसिफले पाए आईसीसी स्प्रिट अफ क्रिकेट अवार्ड

    २ वर्ष पहिले

    माघ-१२, नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) प्रदान गर्ने भएको छ। बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको आईसीसीले जनाएको छ।

    गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध आसिफले खेल भावना देखाउँदै आयरल्यान्डका एन्डी म्याकबर्नीलाई रनआउट गरेका थिएनन्। म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि आसिफले उनलाई सहजै रन आउट गर्न सक्थे तर उनले त्यसो गरेनन्।

    नेपालका कमल सिंह ऐरी १९औं ओभर बलिङ गर्दै थिए। आयरल्याण्डका मार्क एडेर ओभरको तेस्रो बलमा रन लिन दौडिए। नन स्ट्राइकर एण्डबाट दौडिएका एन्डी म्याकबर्नी भने कमलसँग अल्झेर लडे। एण्डी उठेर रन लिन पुन दौडिए। तर त्यसअघि नै कमलले थ्रो गरेको बल आसिफले क्याच गरिसकेका थिए। जुन बेला उनले सहजै रनआउट गर्न सक्थे। तर आसिफले त्यसो गरेनन्।

    जहाँ आश मारिसकेका एन्डीले जीवनदान पाएका थिए। अर्को बलमा एन्डीले कमललाई छक्का प्रहार गरे। यदि आसिफले उनलाई रनआउट गरेको भए नेपालले उक्त खेल जित्न सक्ने सम्भावना रहन्थ्यो। त्यतिखेरनै कमेन्टेटर एन्ड्रयुले ले आसिफले आईसीसी स्प्रिट अफ दि इअर २०२२ को दाबेदार भएको बताएका थिए।