× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन

    २ वर्ष पहिले

    माघ-१४,राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

    शुक्रबारै सर्वोच्च अदालतले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।

    बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए । समानुपातिक सांसद अर्याल श्रममन्त्री समेत हुन् ।