× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    धनकुटा महोत्सवमा भएको भाग दौडमा ३२ जना घाइते, २ जना गम्भीर

    २ वर्ष पहिले

    माघ-१५, धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये २ जना बालकको अवस्था गम्भीर भएको छ । घाइते मध्ये धनकुटा–५ का विष्णु राईका ६ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेको करिब ४ वर्षीय बच्चाको अवस्था गम्भीर छ ।

    उनीहरूको गोल्डे अस्पताल विराटनगरमा उपचार भइरहेको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले बताए । १६ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

    महोत्सवमा किचिएर घाइते भएका ३२ जनालाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि रिफर भएका १६ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले बताएको छ ।

    घाइते मध्य १२ जना जिल्ला अस्पतालमा उपचार पछि घर फर्किएका छन् ।घाइते मध्य अधिकांश बालबालिका छन् ।