× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकाको विभिन्न आयोजना अलपत्र पर्ने ठेकेदार कम्पनी कालोसूचीमा

    २ वर्ष पहिले

    माघ-१६, सरकारले समयमै काम नगरी अलपत्र पारेका चितवन इच्छाकामनाका एक सहित अन्य दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    इच्छाकामना गाउँपालिकाको विभिन्न आयोजना अलपत्र पारेपछि गाउँपालिकाको सिफारिसमा मन्त्रीपरिषदको सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले कालोसूचीमा राखेको सूचना सार्वजनिक गरेको हो ।

    गाउँपालिकाभित्रको विकास निर्माणमा ठेक्का सम्झौता गरेर पनि समयमै काम नगरेको ठेकेदार कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखेको हो ।

    माधवबहादुर घिमिरे मुख्य व्यक्ति रहेको इच्छाकामना–४, कुरिनटारको श्री डिभी घिमिरे कन्ट्रक्सनलाई एक वर्षको लागि कालोसूचीमा राखेको हो ।

    डिभी घिमिरे कन्ट्रक्सनले कुरिनटारको सशस्त्र बेस क्याम्प जाने बाटो पिच गर्ने र मुग्लिन–तामिन सडक ढलान गर्ने जिम्मा लिएको थियो ।

    यस्तै, पुस्करप्रसाद गौतम मुख्य व्यक्ति रहेको भरतपुरको श्री अञ्जना निर्माण सेवा र प्रकाश कोइराला मुख्य व्यक्ति रहेको धादिङ निलकण्ठ–८ को श्री जलेश्वर निर्माण सेवालाई एक वर्षको लागि कालोसूचीमा राखेको हो ।

    भरतपुरको अञ्जना निर्माण सेवाले सिमलढापबाट पिपलटार जाने सडक पिच गर्ने जिम्मा लिएको थियो भने धादिङको डिभी जलेश्वर निर्माण सेवाले भने गाउँपालिकाको भवन कम्पाउण्ड निर्माण कार्य अलपत्र पारेको थियो ।