× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा संक्रमितको संख्या शुन्य हुँदा निको हुनेको संख्या ४

    २ वर्ष पहिले

    माघ-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ३ सय २६ जना पुगेको छ ।

    २४ घण्टामा ३ सय ९५ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । हालसम्ममा ६० लाख ४ हजार ७ सय ६८ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा एन्टिजन विधिबाट परीक्षण नहुँदा संक्रमित हुनेको संख्यापनि शुन्य रहेको छ। हालसम्ममा १४ लाख ९८ हजार ४८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या ४ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार ७६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १० जना रहेको छ।