× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारी मतले पराजित उमेश श्रेष्ठ आफुलाई विजयी घोषणा भएको माग गर्न निर्वाचन आयोग जाँदै

    २ वर्ष पहिले

    माघ-२२, नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।

    बिहान साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत सोको जानकारी गराउने तयारी श्रेष्ठले गरेका छन् ।

    चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठ रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।

    गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । लामिछानेसँग उनको मतान्तर ३४ हजार ३१२ रहेको छ ।

    नागरिकता विवादका कारण लामिछानेको सांसद पद गएपछि उनी स्वतः विजयी हुने बाटो खोज्दै आयोगमा निवेदन दिन लागेका हुन् ।