× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रवि लामिछानेले चितवन-२ को उपनिर्वाचनमा ढुक्कले उम्मेदवार हुन पाउँछन्

    २ वर्ष पहिले

    फागुन-१, आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भाग लिन पाउँछन् कि पाउँदैनन ? आइतबार निर्वाचन आयोगले प्रेस विज्ञप्तिमार्फत निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै यो प्रश्न र चासो बढेको छ ।

    गत ४ मंसिरको चुनावबाट प्रतिनिधिसभामा भारी मतान्तरले विजयी भएका रवि नागरिकता विवाद मुद्धामा सर्वाेच्च अदालतले दोषी ठहर गरेसँगै उनको सांसद पद खारेज भएको थियो । र, सर्वाेच्चको फैसलासँगै चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

    आगामी वैशाखमा हुने उपनिर्वाचनमा रविले भाग लिन पाउँलान् कि नपाउँलान् ? जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएका रविमाथि राहदानी मुद्धा पनि लागेको छ । यस्तो अवस्थामा रविले उपनिर्वाचन लड्न पाउँलान् कि नपाउँलान् ? सबैमा चासोको विषय यहिँ हो ।

    रविले अमेरिकी नागरिकता त्यागेर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएसँगै त्यसै दिनदेखि उनी शुद्ध नेपाली भइसकेका छन् । र, नेपाली नागरिकता लिएका उनलाई उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि केही बाधा हुने छैन । किनकि उनले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् ।

    निर्वाचन आयोगले उपनिर्वाचन तोकिसकेको अवस्थामा कतिपयले चाहिँ रविमाथि झुटा विवरण लिई राहदानी (पासपोर्ट) लिएको आरोप लागेको र छानबिन प्रक्रिया चलिरहेकाले उम्मेदवार हुनेमा आशंका व्यक्त गरिरहेका छन् । त्यसो त रविले नागरिकता लिएर राहदानी विभाग पुगेर पूरानो नेपाली राहदानी फिर्ता गरिसकेको अवस्थामा र नयाँ नेपाली राहदानी लिइसकेका छन् । तैपनि रविमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्धा परेपछि त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    नेपालीको नागरिक भइसकेको अवस्थामा र राहदानी विवाद नसल्टिएको अवस्थामा अहिले रविले उपनिर्वाचन लड्न पाउँछन् त भन्ने प्रश्न र चासो हो । तर, राहदानी प्रकरणकै कारण रवि उपनिर्वाचन लड्ेन अयोग्य हुने छैनन् । जबकि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ ले उनलाई उम्मेदवार बन्नबाट कुनै पनि अवस्थामा रोक्दैन । र, उनी ढुक्कका साथ उपनिर्वाचनमा लड्न पाउने छन् ।

    निर्वाचनऐनको दफा १३ मा उम्मेदवारका अयोग्यतासम्बन्धी व्यवस्था रहेको छ । र, त्यहाँ विभिन्न १० वटा कारण उम्मेदवार बन्न नपाइने औँल्याइएको छ । ती १० मध्ये रविको हकमा आकर्षित हुने विषय हो, राहदानी प्रकरण ।

    दफा १३ को उपदफा घ मा स्पष्टसँगै भनिएको छ, ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएका ।’

    तर, रविको हकमा राहदानी प्रकरणका सन्दर्भमा छानविन भइरहेको छ । र, रवि उम्मेदवार हुनबाट बञ्चित हुने कुनै बाधा देखिँदैन । त्यसो त उपनिर्वाचनअघि राहदानी प्रकरण आए के हुन्छ ? भन्ने प्रश्न पनि छ । तर, सर्वोच्चसम्म यो केश पुगेर वैशाख १० अघि नै हुने फैसला हुने सम्भावना नै छैन ।

    भविष्यमा राहदानी प्रकरणमा रवि दोषी ठहरिन्छ् या ठहरिँदैनन् त्यसको परिणाम आउँन बाँकी नै छ । तर, वैशाख १० अघिको हकमा नेपाली नागरिकता पाइसकेका रविलाई उम्मेदवार हुनबाट केही बाधा छैन । यदि सर्वाेच्चले यसअघि नागरिकता विवादमा जस्तै दोषी ठहर गरे भने रविले आजीवन चुनाव लड्न पाउने बाटो बन्द हुनेछ ।