२ वर्ष पहिले
फागुन-२,बालाजुस्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरुले गरेको प्रदर्शनको क्रममा एउटा समूहले मोवाइल पसल लुटेर भागेको छ । घटनास्थलको भिडियो दृश्यअनुसार ल्होत्से मलमा सञ्चालित मोवाइल पसल लुटेको देखिएको हो ।
त्यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ । मोवाइल लुटिएको घटनाबारे अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी सिताराम रिजालले बताए ।