× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अबैध नदिजन्य पदार्थ सहित ६ वटा टिपर चितवन प्रहरीको नियन्त्रणमा

    २ वर्ष पहिले

    फागुन-२, चितवन प्रहरीले अबैध नदिजन्य पदार्थ सहित ६ वटा टिपर नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएका प्रहरी टोलिले भरतपुर महानगरपालिका वडा नं. १०, ११ स्थित सडक खण्डबाट अबैध रुपमा नदिजन्य पदार्थ ल्याउँदै गरेका ना ७ ख २९७५, ना ८ ख ४३७९, ना ७ ख ३७८२, ना ६ ख २२७०, ना ६ ख ६७२७ र बा.प्र.०३-००१ क ०८६५ नं. का टिपरलाई नियन्त्रणमा लिएको हो।

    नियन्त्रणमा लिएको अबैध नदिजन्य पदार्थ सहितको टिपरलाई आवश्यक कारवाहिको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।