× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमालेको ‘मिसन ग्रासरुट’ अभियान, ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकियो

    २ वर्ष पहिले

    फागुन -३, पार्टीलाई ‘जगैदेखि बलियो’ बनाउने भनेर नेकपा एमालेले घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियानका लागि नेताहरुलाई जिम्मेवारी तोकिएको छ। एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको हो।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समग्र अभियान संयोजक भनिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई प्रदेश स्तरीय अभिमुखिकरणको जिम्मेवारी तोकिएको छ।

    मिसन ग्रासरुटमा खटिने नेताहरुका लागि ११ वटा काम तोकिएको छ। सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्ति गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको बताइएको छ।

    प्रदेश १ मा अष्टलक्ष्मी शाक्यलाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव टोपबहादुर रायमाझीलाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु शेरधन राई, अग्नी खरेल, राजेन्द्र गौतम र हिक्मत कुमार कार्कीलाई खटाइएको छ।

    मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव रघुवीर महासेठलाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित, र सीता पौडेललाई खटाइएको छ।

    बागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव गोकर्ण विष्टलाई अनुगनमको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङलाई खटाइएको छ।

    गैर भौगोलिक क्षेत्र (विशेष कमिटी)मा केन्द्रीय कार्यालयले संयोजन गर्ने गरी महासचिव शंकर पोखरेललाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र कार्यालय सचिव भीष्म अधिकारीलाई खटाइएको छ।

    गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई अभिमुखिकरणका लागि जिम्मा दिइएको छ भने सचिव पद्‌माकुमारी अर्याललाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, खगराज अधिकारी र थममाया थापालाई खटाइएको छ।

    लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव छविलाल विश्वकर्मालाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराईलाई खटाइएको छ।

    कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव योगेश भट्टराईलाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्य यमललाल कँडेल, गोरखबहादुर वोगटी र शिवमाया तुम्बाहाङ्फेलाई खटाइएको छ।

    सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णु पौडेललाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव लेखराज भट्टलाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु मणि थापा, विन्दा पाण्डे र कर्णबहादुर थापालाई खटाइएको छ।