× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जोमसोमदेखि पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो, २ भारतीयसहित १७ जना घाइते

    २ वर्ष पहिले

    फागुन-३, मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

    मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो ।ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । बस करिब ४५ मिटर तल खसेको हो ।

    बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।

    गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलले जानकारी दिए ।दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन् ।