× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ग्यास सिलिन्डर विस्फोट भएर गम्भीर घाइते भएका सांसद भण्डारी र आमालाई तत्काल विदेश लैजान अस्पतालको सिफारिस

    २ वर्ष पहिले

    फागुन-४, ग्यास सिलिन्डर विस्फोट भएर गम्भीर घाइते हुनुभएका सांसद चन्द्रप्रसाद भण्डारीलाई थप उपचारका लागि देश बाहिर लैजान अस्पतालले सिफारिस गरेको छ ।

    गएराति बुद्धनगरस्थित घरमा ग्यास विस्फोट हुँदा कांग्रेस नेता एवम् सांसद भण्डारी र उहाँकी आमा गम्भीर घाइते भएपछि राति नै कीर्तिपुर अस्पताल भर्ना गरिएको हो ।

    अस्पतालले आज बिहान प्रेस नोट जारी गर्दै सांसद भण्डारी र उहाँ कि आमाको थप उपचारका लागि देश बाहिर लैजान सुझाव दिएको हो ।

    अस्पतालका मेडिकल डाईरेक्टर निर्जना ताम्राकार र जनरल उपचार विभाग प्रमुख डा. नकर्मीले आज संयुक्त विज्ञप्ति जारी गर्नुहुँदै सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गर्नुभएको हो ।

    विज्ञप्तिमा भनिएको छ, ‘‘हालको स्रोत र साधनको अवस्थामा उहाँहरूको यथोचित उपचार नेपालमा सम्भव नहुने देखिएकाले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ ।’’

    अस्पतालका अनुसार सांसद भण्डारीको अनुहार, दुबै हातखुट्टा गरी ३० प्रतिशतसम्म जलेको छ भने आमा ७० प्रतिशत शरीरको भाग जलेको छ ।

    साथै दुबैको श्वासनलीमा तातोहावा र धुवाँका कारण जलन भएको हुनसक्ने बढी सम्भावना रहेको अस्पतालको भनाइ छ । दुबैजनाको सघन कक्षमा उपचार भइरहेको छ ।