२ वर्ष पहिले
फागुन-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ६ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ३ सय ६२ जना पुगेको छ ।
२४ घण्टामा ३ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या ५ जना रहेको छ । हालसम्ममा ६० लाख ९ हजार २ सय ४२ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा ९ सय ५४ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या एक जना रहेको छ। हालसम्ममा १५ लाख ७ हजार ७ सय ८६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या शुन्य रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार ९५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ जना रहेको छ।