× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सेल्फी खिचेर बलिउडका स्टार अक्षय कुमारले राखे विश्व रेकर्ड

    २ वर्ष पहिले

    फागुन-११, बलिउडका स्टार अक्षय कुमारले तीन मिनेटमा सबैभन्दा बढी पोट्रेल सेल्फी खिचेर नयाँ विश्व रेकर्ड कायम गरेका छन् । उनको नयाँ फिल्म ‘सेल्फी’को प्रचारका लागि मुम्बईमा आयोजना भएको एक कार्यक्रममा नयाँ कीर्तिमान राखेका हुन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले तीन मिनेटमा १८५ सेल्फी खिचेर नयाँ विश्व रेकर्ड राखे । यसअघि अमेरिकाका जेम्स स्मिथले २२ जनवरी २०१८ मा तीन मिनेटमा १६८ सेल्फी खिचेर सो रेकर्ड राखेका थिए ।

    उनीभन्दा पहिले सन् २०१५ मा हलिउड अभिनेता ड्यानी जोनसन (Dwayne Johnson) ले तीन मिनेटमा १०५ ओटा सेल्फी खिचेर रेकर्ड कायम गरेका थिए ।

    “यो अनौठो विश्व कीर्तिमान तोड्न पाउँदा र मेरा फ्यानसँग यो पल शेयर गर्न पाउँदा उत्साहित छु,” विश्व रेकर्ड राखेपछि अक्षय कुमारले भने, “मैले अहिलेसम्म हासिल गरेको सबै कुरा र मेरो जीवनको यो क्षणमा जहाँ छु, त्यो सबै मेरा फ्यानहरूको निःशर्त माया र समर्थनको कारण हो ।”

    नयाँ फिल्म ‘सेल्फी’को प्रचार गर्दा उनले विश्व रेकर्ड कायम गरेका हुन् । उनको समर्थनमा आएका फ्यान एकपछि अर्को गर्दै उनीसँग सेल्फी खिचाइरहेका थिए । सोहीअन्तर्गत तीन मिनेटमा सबैभन्दा बढी सेल्फी खिच्ने व्यक्तिका रूपमा अक्षय कुमारले आफ्नो नाम दर्ता गराए ।