× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फागुन १८ गतेदेखि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवादेखि विमलनगर सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने

    २ वर्ष पहिले

    फागुन-१२, पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवादेखि विमलनगर सडक खण्ड दैनिक ४ घण्टा बन्द गरिने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड अन्तर्गत घाँसीकुवादेखि विमलनगर खण्डमा मर्मतका लागि रातिको समयमा ४ घण्टा राजमार्ग बन्द गरिने भएको हो ।

    प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको बैठकले फागुन १८ देखि २७ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द गरी सडकको भित्तो काट्ने काम गर्ने निर्णय गरिएको छ ।

    प्रजिअ रिजालले भने, ‘राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र कामलाई गति दिन नसकिएको हुँदा रातको समयमा राजमार्ग बन्द गरी कामलाई तीव्रता दिने तयारी गरिएको छ ।’

    हाललाई १० दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको छ । मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पञ्चिम खण्डमा सडक विस्तारका काम भइरहेका छन् । सडक सीमाभित्र रहेका विद्युत् पोलहरु स्थानतरण नगरिदा कामले गति लिन नसकेको आयोजनाले बताउने गरेको छ ।