× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेद्वार बनाउने कांग्रेसको निर्णय

    २ वर्ष पहिले

    फागुन -१३, नेपाली कांग्रेसले आज(शनिवार) बसेको कार्यसमितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्रलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।

    पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् । शुक्रबार ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेको थियो ।