२ वर्ष पहिले
फागुन-१३,काठमाडाैँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले आफूलाई राजीनामा दिन लगाइएको बताएका छन् । तर कसले किन के कारण राजीनामा दिन लगाइयो भन्ने उनले खुलाएका छैनन् ।
फेसबुकमा एक स्टाटस लेख्दै बालेनले भनेका छन्, ‘मेयर पदमा आज मलाई राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन ।’ उनको स्टाटस हजारौले शेयर गरेका छन् भने शुभेच्छुकहरुले कमेन्ट गर्दै कसैले भन्दैमा राजीनामा दिन नहुने बताएका छन् ।