× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

    २ वर्ष पहिले

    फागुन -१५, नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारबाट मन्त्रीहरू फिर्ता हुने बताए । उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए ।

    यसअघि सचिवालय बैठकले राष्ट्रपति चुनावसम्म सरकारबाट पनि नबाहिरिने र समर्थन पनि कायमै राख्ने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसको गठबन्धन छाडेर नयाँ आठदलीय गठबन्धन बनाएपछि एमालेले सरकार छोड्ने निर्णय गरेको हो ।

    राष्ट्रपति चुनावलाई लिएर प्रचण्ड र एमालेबीच १० पुसमा भएको सहकार्य सोमबारबाट औपचारिकरूपमा टुंगिएको छ ।