× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आँबुखैरेनीका मदन तालिम प्राप्त कुकुरको सहयोगमा मृत अवस्थामा भेटिए ।

    २ वर्ष पहिले

    फाल्गुण १७, तनहु ।
    तालिम प्राप्त कुकुरको सहयोगमा तनहुँको आँबुखैरेनीमा बेपत्ता भएको ५ दिन पछि एक युवक मृत भेटिएका छन् । तनहुँ जिल्ला आँबुखैरेनी वडा नं. ३ का ३६ वर्षिय मदन घिमिरे फाल्गुण १२ गते देखि बेपत्ता भएका थिए । शसस्त्र प्रहरी बल विपत व्यवास्थापन तालिम केन्द्र कुरिनटारको गोताखोर टोलीको सहयोगमा डम्पिङ स्थित ४० मिटर तल मस्र्याङ्दी नदीबाट घिमिरेको शव निकालेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक गायत्रीराज शर्माले बताउनुभयो ।


    घिमिरेको खोजतलासको लागि उन्का श्रीमातीले वेपत्ता भएको भोलिपल्ट १३ गते ईलाका प्रहरी कार्यालय आँबुखैरेनीमा निवेदन दिएका थिए । मदन हराएकै दिन उन्ले प्रयोग गर्दै आएको ग २३ प २१३८ नम्बरको स्कटुर आँबुखैरेनी गाउँपालिका वडा नं. ४ डम्पिङ स्थित पृथ्वी राजमार्गको सडक किनारामा वेवारिसे अवस्थामा पार्कीङ गरी राखेको भेटिएको प्रहरीले जनाएको छ ।
    अनुसन्धान गर्ने क्रममा स्कुटर पार्किङ स्थलबाट झोलुङ्गे पुल सम्म गएको भन्ने स्थानीयहरुबाट जानकारी पाएपछि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, केनाईन शाखाबाट ’त्यm’ नामको तालिम प्राप्त कुकुर झिकाइएको थियो ।

    स्कुटर पार्किङ्ग स्थलदेखि मस्र्याङ्दी नदीमा रहेको झोलुङ्गे पुल सम्म गएर तालिम प्राप्त कुकुर ’त्यm’ ले शंकेत गरेपछि अनुसन्धान साघुरो बनेको थियो ।


    बेपत्ता घिमिरेको थप अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक गायत्रीराज शर्माको टोली र शसस्त्र प्रहरी वल विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारको गोताखोरको टोलीले संयुक्त रुपमा खोजतलासी गर्दा पानीको सतह देखी अन्दाजी ४० मिटर गहिराईबाट घिमिरेको शव फेला परेको हो । उन्को शव परीक्षणको लागी दमौली अस्पताल तर्फ पठाईएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख शर्माले जानकारी दिएका छन् ।