× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नारायणगढ–मुग्लिन सडक खण्ड भोलि देखि २४ घण्टा नै खुल्ला हुने

    २ वर्ष पहिले

    फागुन-२०, नारायणगढ–मुग्लिन सडक खण्ड भोलि फागुन २१ गते (आइतबार) देखि २४ घण्टा नै खुल्ला हुने भएको छ ।फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो ।

    भोलिबाट नारायणगढ मुग्लिन सडक खण्डमा चौबीसै घण्टा गाडी चल्ने नारायणगढ मुग्लिन सडक, नौबीसे-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

    पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको छ । त्यसमध्ये तुइन खोलामा मुग्लिन तर्फको पहाडको भागमा कडा चट्टान परेका कारण मेसिले काम गर्न नसकेर विस्फोट गराउने निणर्य भएको छ ।

    ‘अरू ठाउँको पहाड काट्ने काम लगभग सकियो । तुइन खोलाको एकातर्फ विस्फोट नै गराउनु पर्ने भएको छ । त्यो काम प्रक्रियामा नै छ । अब भोलि आइतबारदेखि बाटो चौबीसै घण्टा चल्ने छ,’ इन्जिनियर आचार्यले भने । विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्ने उनले बताए ।