× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिङ हाइवे हस्पिटलमा नि : शुल्क स्वास्थ्य शिबिर सम्पन्न, ग्रामीण भेगका २३० जनाले लिए सेवा

    २ वर्ष पहिले

    फागुन -२१, सामुदायिक हस्पिटलको रुपमा संचालित मुग्लिङ हाईवे हस्पिटलमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को समन्वयमा मुग्लिङ हाइवे हस्पिटलले मुग्लिनमा१ दिने नि : शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो ।

    उक्त शिबिरमा चितवनको ईच्छाकामना गाउँपालिकाका साथै गोरखा तथा तनहुँका ग्रामीण भेगका २३० जनाले स्वास्थ्य सेवा लिएका छन् ।

    स्वास्थ्य शिबिरमा भरतपुर अस्पतालका बरिष्ठ स्वास्थ्य बिशेषज्ञहरुबाट स्वास्थ्य जाँच तथा उपचार गराएका थिए । शिबिरमा बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. सजन केसी, इन्टरनल मेडिसिन बिशेषज्ञ डा. सन्दिप पाण्डे, बरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रकाश कँडेल, मेडिकल अफिसर डा. रामनाथ ठाकुर र स्वास्थ्यकर्मीहरुको टिमले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए ।

    शिविरको अवसरमा स्त्री तथा प्रसुती तर्फ ८८, अर्थोपेडिक सेवा तर्फ ६७ र मेडिसिन तर्फ ७५ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

    शिविरमा स्त्री तथा प्रसूति, पाठेघर क्यान्सर, प्रेसर, सुगर, थाईराईड, पेट, छाती, मुटु, हाड, जोर्नी, नसा, घुडा र कम्मरको दुखाई सम्बन्धी समस्याहरुको परीक्षण तथा उपचार सेवाका साथै केही निश्चित औषधि निःशुल्क प्रदान गरिएको थियो ।