× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    २६ वर्षीय युवकको पेटमा रक्सीको बोतल भेटिएपछि.

    २ वर्ष पहिले

    फागुन -२३, नेपालमै एउटा अचम्मको घटना घटेको छ । एकजना २६ वर्षका युवाको पेटभित्रबाट रक्सीको सिंगो बोतल निकाल्नु परेपछि घटना अनौठो देखिएको हो ।

    रौतहटको गुजरा नगरपािलका-९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटभित्र रक्सीको बोतल भेटिएपछि अहिले यसको चर्चा व्यापक बनेको छ । ती युवा आइतबार बिहान पेट दुखेपछि नजिकको क्लिनिकमा गएका थिए ।

    क्लिनिकबाट औषधि किनेर खाँदा पनि पेट निको नभएको र झन् दुख्न थालेपछि उनलाई उपचारको लागि चन्द्रपुर अस्पतालमा लगेर एक्सरे गर्दा उनको पेटमा सिंगो बोतल देखिएको थियो ।

    तत्कालै उनलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएपछि त्यहाँ उनको अपरेसन गरि चिकित्सकहरुले बोतल निकालेका छन् । बोतलले आन्द्रा प्वाल पार्नुका साथै पेट फुलिएको र इन्फेक्सन फैलिसकेको बताइएको छ ।

    मेडिकल कलेजका डा. नारायण बेलबासे र एनेसथेसिया डा. राजेश यादवसहितको टोलीले पेटको शल्यक्रिया गरेर सिसाको बोतल निकालेको हो । शल्यक्रियाको ४ घण्टापछि सोमबार साँझ मात्र नुर्सादको होस आएको डा. बेलबासेले बताए ।

    ‘उनी होसमा आइसकेका छन् । अझै खतरामुक्त भइसकेका छैनन्,’ उनले भने, ‘मलद्वारबाट सिसी पसाएको हुनाले ठूलो आन्द्रामा समेत प्वाल परेको पाइएको छ । उनी स्वास्थ्य निगरानीमै छन् ।’