× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा सडकखण्ड थप १४ दिन दैनिक चार घण्टा बन्द गरिने

    २ वर्ष पहिले

    फागुन -२६, पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा सडकखण्ड थप १४ दिन दैनिक चार घण्टा बन्द गरिने भएको छ ।

    पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तीव्रता दिन थप फागुन २८ देखि चैत्र १२ गते सम्मका लागि रातको समयमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्वारा जारी विज्ञप्तीमा जिल्ला सुरक्षा समितिको बैठकले बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

    यसअघि उक्त सडकखण्ड फागनु १८ गते देखि २७ गतेसम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको थियो । कामलाई तिब्रता दिन सोही समयमा थप १४ दिन बन्द गरिएको विज्ञप्तिमा जनाइएको छ ।

    सहायक प्रजिअ गैरेका अनुसार काम छिटोछरितो गर्नको लागि मुग्लिन पोखरा खण्ड योजना (पूर्वी खण्ड) बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रुपमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनहरु पूर्ण रुपमा रोकी काम गर्ने निर्णय भएकोले बन्द गरिने भएको हो ।

    ‘‘चार लेन सडक विस्तारका क्रममा यस खण्डमा भिक्तो काट्ने काम गर्नुपर्ने भएकोले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय गरिएको छ,’’ गैरेले भन्नुभयो, यात्रुलाई यात्रा सहज बनाउन दिउँसो खुला गरी रातको समय बन्द गर्ने निर्णय गरिएको छ ।’’