× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कुरिनटारमा स्थानीय कर शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

    २ वर्ष पहिले

    फाल्गुण २६, कुरिनटार
    इच्छाकामना गाउँपालिकाको आयोजनामा स्थानीय कर शिक्षा सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्गको प्रमुख आतित्थ्य, आन्तरिक राजश्व कार्यालय भरतपुरको प्रमुख निरन भट्टराइको विशेष आतित्थ तथा गाउपालिकाको उपाध्यक्ष माया सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कर निर्धारण, कर शिक्षा, करको दायरा, नीति, छुटको व्यवस्था, व्यवसाय कर दर्ता लगायतका विषयमा जानकारी गराइएको थियो ।


    कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएका प्रशिक्षक केशवराज उपाध्यायले स्थानीय सरकारले लगाउन सक्ने कर, वित्तीय संघियताको अवधारणा, राजस्व बाँडफाट, स्थानीय तहको एकल तथा दोहोरो राजस्व अधिकारका क्षेत्रहरु, स्थानीय तहमा राजस्व परिचालनको अवस्था तथा समस्याहरु, अन्तरसरकारी वित्त हस्तान्तरण सम्बन्धि संबैधानिक र कानुनी व्यवस्था एवम् स्रोत व्यवस्थापनका चुनौतीहरु बारे जानकारी गराएका थिए ।


    कर शिक्षा प्रशिक्षण कार्यक्रममा सहभागीहरुले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै स्थानीय सरकारलाई कर निर्धारण गर्दा नागरिक दोहोरको करमा नपर्ने गरी एकल कर लागु गर्न र नागरिकको क्षमता अनुसारको कर निर्धाण गर्न सुझाव समेत दिएका थिए ।


    सर्वशान्ति माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, इच्छाकामना उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण गुभाजु, इच्छाकामना होटल व्यवसायि संघका अध्यक्ष मिन बहादुर श्रेष्ठ, इच्छाकामना उद्योग संघका अध्यक्ष रामहरी कंडेल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन इच्छाकामना गाउँपालिका राजश्व शाखाका प्रमुख रिता अर्यालले गर्नु भएको थियो ।