× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    किरण चेम्जोङ भारतको आईलिगको उत्कृष्ट गोलकिपर घोषित

    २ वर्ष पहिले

    फागुन-२९, नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ भारतको हिरो आई-लिगमा उत्कृष्ट गोलरक्षक बनेका छन् ।

    आई-लिगको उपाधि जितेको पञ्जाब एफसीबाट खेलेका किरण लिगकै उत्कृष्ट गोलरक्षक घोषित भएका हुन् । उनले ट्रफी सहित पुरस्कार वापत साँढे दुई लाख भारतीय रुपैयाँ पनि प्राप्त गरेको छन्।

    उनले पञ्जाबलाई आई-लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।सोही क्लबबाट खेल्दै किरण दुई वर्षअघि पनि आइ लिगमा उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

    लिगको उपाधि जितेको पञ्जाब इन्डियन सुपर लिग (आईएसएल) खेल्ने भएको छ ।