× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ९५ औं ओस्कर अवार्ड सम्पन्न: ऐतिहासिक रुपमा उत्कृष्ट अभिनेत्रीको अवार्ड एशियाली नायिका मिशेल योहले जितिन्

    २ वर्ष पहिले

    फागुन-२९, ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार अन्तर्गत विभिन्न विधामा विजेता घोषणा भएको छ।सोमबार बिहान सम्पन्न भएको ओस्कर अवार्ड समारोहमा ऐतिहासिक रुपमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पहिलो पटक एशियाली नायिका मिशेल योहले जितेकी छन्। उनले‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ बाट जितेकी हुन।

    त्यस्तै, उत्कृष्ट अभिनेताको अवार्ड भने फिल्म ‘द ह्वेल’को लागि ब्रेन्डन फ्रेजरले जितेका छन्। १२ वर्षपछि ‘द ह्वेल’मा फ्रेजर मुख्य भूमिकामा देखिएका थिए। उनले एक्लो र रोगी इङ्लिस प्रोफेसरको भूमिका निभाएका छन् जो आफ्नी टाढिएकी छोरीसँग पुन: जोडिन चाहन्छन्।

    एकेडेमी अवार्ड्स (ओस्कर्स)को स्टेज फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’को लागि निकै फलदायी बन्यो। फिल्मले सबैभन्दा धेरै अवार्डहरु हात पार्न सफल भयो।

    मल्टिभर्स फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ले ६ ओस्कर जितेको छ। ति अवार्डहरु ओस्कर्सका सबैभन्दा ठूलो अवार्डहरू पनि थिए।

    के ह्यु क्वान र जेमी ली कर्टिसले आफ्नो सहायक भूमिकाको लागि पहिलो ओस्कर अवार्ड जितेका थिए। फिल्मले उत्कृष्ट सम्पादन, उत्कृष्ट पटकथा, उत्कृष्ट निर्देशक, उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ।

    यी हुन् ओस्कर्सका विजेताहरु :

    बेस्ट फिक्चर

    एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

    बेस्ट एक्ट्रेस

    मिशेल योह – एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

    बेस्ट एक्टर

    ब्रेन्डन फ्रेजर – द ह्वेल

    बेस्ट डिरेक्टिङ

    ड्यानियल क्वान र ड्यानियल साइनर्ट – एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

    फिल्म एडिटिङ

    पल रोजर्स – एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

    बेस्टसङ

    नाटु नाटु – आरआरआर

    बेस्ट एनिमेटेड फिचर

    गिलेर्मो डेल टोरोज पिनोचियो – गिलेर्मो डेल टोरो, मार्क गुस्ताफसन, ग्यारी अनगर र एलेक्स बल्कली

    बेस्ट एक्टर इन अ सपोर्टिङ रोल

    के ह्यु क्वान – एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

    बेस्ट एक्ट्रेस इन अ सपोर्टिङ रोल

    जेमी ली कर्टिस – एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

    बेस्ट डकुमेन्ट्री फिचर

    नभाल्नीबेस्ट लाइभ एक्सन सर्टएन आइरिस गुडबाई

    बेस्ट सिनेमाटोग्राफी

    अल क्वाएट अन द वेस्टर्न फ्रन्ट

    बेस्ट मेकअप एन्ड हेयरस्टाइलिङ

    द ह्वेल

    बेस्ट कस्टुम डिजाइन

    ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर

    बेस्ट इन्टरनेशनल फिचर फिल्म

    अल क्वाएट अन द वेस्टर्न फ्रन्ट बेस्ट डकुमेन्ट्री सर्टद एलिफेन्ट ह्विस्पर्स

    बेस्ट एनिमेटेड फिचर

    सर्टद ब्वाए, द मोल, द फक्स एन्ड द हर्स

    बेस्ट प्रडक्सन डिजाइन

    अल क्वाएट अन द वेस्टर्न फ्रन्ट

    बेस्ट ओरिजिनल स्कोर

    अल क्वाएट अन द वेस्टर्न फ्रन्ट

    बेस्ट भिजुअल इफेक्ट

    अवतार : द वे अफ वाटर

    बेस्ट ओरिजिनल स्क्रिनप्ले

    एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्सबेस्ट एड्याप्टेड स्क्रिनप्लेवमेन टिकङ

    बेस्ट साउन्ड

    टप गन : माभरिक