× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रासायनिक मलकाे मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन

    २ वर्ष पहिले

    चैत्र -१, सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन भएको छ । बुधबार राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले राजधानीको माइतीघर मण्डलामा मूल्य बृद्धि विरुद्ध प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा सहभागीहरुले नेपाली जनताको जीवन यापनको मुख्य आधार कृषि नै भएको बताउँदै रासयनिक मलमा मूल्य बढाएर जनता मारा काम गरेको आरोप लगाएका छन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन समेत माग गरे ।

    सरकारले केही दिनअघि रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरी मलको मूल्य वृद्धि गरेको थियो ।