२ वर्ष पहिले
चैत्र-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ४ सय ५ जना पुगेको छ ।
२४ घण्टामा ९३ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । हालसम्ममा ६० लाख १५ हजार ९ सय ३३ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ८ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या शुन्य रहेको छ। हालसम्ममा १५ लाख २६ हजार ४ सय ५७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या २ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार १ सय ३४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ जना रहेको छ।