× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विश्वकप छनोटमा पुर्‍याउने खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

    २ वर्ष पहिले

    चैत्र -३, सरकारले विश्वकपको छनोट चरणमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कारको घोषणा गर्नुभएको हो।

    प्रधानमन्त्री प्रचण्डले लिग २ मा सहभागी सबै खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।विश्वकप लिग २ अन्तर्गत हिजो भएको अन्तिम खेलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको थियो। कीर्तिपुरमा भएको खेलमा डिएलएस मेथडका आधारमा ३११ रनको लक्ष्य दिएको युएईलाई नेपालले ९ रनले पराजित गरेको थियो।

    त्यसैगरि प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिनु भएको छ।