× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विराटनगरमा तीनदिने नेपाल–भारत साहित्य महोत्सव सुरु

    १ वर्ष पहिले

    चैत्र -४, विराटनगरमा तीनदिने नेपाल–भारत साहित्य महोत्सव सुरु भएको छ । विराटनगर महानगरपालिकाले भारत मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीसँग सहकार्य गर्दै महोत्सव आयोजना गरेको हो ।

    महोत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहेका साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गरे । तीन दिनसम्म चल्ने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरूले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । उक्त अवसरमा विभिन्न कृति सार्वजनिक गरिने पनि जनाइएको छ ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै तुम्वाहाङले महोत्सवले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विचार राखे । महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धनमा महानगरपालिकाले काम गर्दै आएको बताए ।