२ वर्ष पहिले
चैत्र-५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको पहाडी तथा तराई भू-भागमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केहि भू-भागहरुमा मेघ गर्जन,चट्याङ सहित वर्षा भइरहेको छ।ु
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।