× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रास्वपा सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा चलाउन नपर्ने सरकारी वकिल कार्यालयको ठहर

    २ वर्ष पहिले

    चैत्र-५, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानीको प्रकरणमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रहरीको प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालयले पनि सहमति जनाएको छ।

    स्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले दोहोरो राहदानीमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन पठाएको थियो। प्रहरीको रायमा सहमति जनाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले फाइल उच्च सरकारी वकिल कार्यालयमा पठाइएको छ।

    रविले अमेरिकी र नेपाली पासपोर्ट एक साथ प्रयोगमा ल्याएको भन्दै त्यसको अनुन्धान हुनुपर्ने माग राख्दै उजुरी परेको थियो।सिन्धुलीका युवराज सफलले गृह मन्त्रालयमा हालेको उक्त उजुरी जिल्ला प्रशासन कार्यालय काठामाडौं हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंसम्म पुगेको थियो।

    त्यसपछि रविको दोहोरो पासपोर्टबारे अनुसन्धान अघि बढेको थियो। अनुसन्धान सकेर प्रहरीले मुद्दा चलाउनुपर्ने किसिमको नदेखएको भन्ने रायसहित प्रतिवेदन पेस गरेको हो। प्रहरीबाट आएको उक्त प्रतिवेदनमा सहमति जनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले उच्च सरकारी वकिल कार्यालमा पठाएको छ।

    लामिछानेले नागरिकता १० फागुन २०५० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका थिए। २०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिएका थिए। २०७१ जेठ २१ मा उनी नेपाल आए। NIMBअमेरिकी नागरिकता लिइसकेपछि पुरानो नेपाली नागरिकताकै आधारमा २०७३ जेठ १३ गते नेपाली राहदानी लिएको बताइएको थियो भने अर्कोतर्फ उनले अमेरिकी पासपोर्ट र नेपाली पासपोर्ट एकसाथ प्रयोगमा ल्याएको बताइएको थियो।यसबारे अनुसन्धान गरेको प्रहरीले भने रविले नेपाली नागरिकताको आधारमा नेपाली पासपोर्ट बनाएको र उक्त नागरिकताको दुरुपयोग नभएको दाबी गरेको छ। रविले अमेरिकी राहदानी हुँदा–हुँदै नेपाली राहदानी बनाए पनि त्यसबाट कुनै दुरुपयोग गरेको नदेखिएको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्कोतर्फ भने रविले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको, उक्त नागरिकता लिएपछि मात्रै अमेरिकी नागरिकता लिएकाले उनी पुरै विदेशी नागरिक नभइ गैरआवसिय मात्रै भएको प्रहरीले उल्लेख गरेको छ। Laxmi BankIMEत्यसैगरी रविले पुरानो राहदानी रद्द गर्न भन्दै सम्बन्धित निकायमा समेत बुझाइसकेकाले पनि मुद्दा चलाउनुपर्ने कारण नदेखिएको औंल्याइएको छ। यसअघि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्ने फैसला गरेको थियो। सर्वोच्चको फैसलापछि उनले मन्त्री र सांसद गुमाएका थिए। पार्टी सभापतिमा भने पुन: नेपाली नागरिकता लिएपछि दोहोरिएका थिए। रविको सांसद पद खारेज भएपछि चितवन क्षेत्र नम्बरमा २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने तय भएको छ। रवि फेरि निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन्।