× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन २ संगै तनहुँ १ २ बारा २ मा पनि आगामी बैशाख १० गते नै उपनिर्वाचन हुने

    २ वर्ष पहिले

    चैत्र -७, निर्वाचन आयोगले तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा पनि आउँदो बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

    तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकाले ती दुइवटा निर्वाचन क्षेत्रहरु खाली भएका हुन् ।

    आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकिएको हो ।

    साथै उक्त दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    चितवन क्षेत्र नम्बर २ मा भने आयोगले पहिला नै उपनिर्वाचनको मिति तोकेको थियो ।