× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज बढ्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    चैत्र-७,आज (मंगलबार)सुन तथा चाँदीको भाउ बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ९ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १३ सय ४० रूपैयाँ कायम भएको छ।

    सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ३० रूपैयाँमा कारोबार भएको थियो।