× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पूर्वी नवलपरासीको ४० किलोमिटर भन्ने स्थानमा १३ घण्टादेखि जाममा परेका गाडी वैकल्पिक बाटोको प्रयोग गरेर गन्तव्यतर्फ पठाइँदै

    २ वर्ष पहिले

    चैत्र-७, महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको ४० किलोमिटर भन्ने स्थानमा १३ घण्टादेखि जाममा परेका गाडी झ्यालबासको वैकल्पिक बाटोको प्रयोग गरेर गन्तव्यतर्फ पठाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीको अनुसार महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भास्सिएका कारण गएराति साढे १० बजेबाट राजमार्गमा रोकिएका सवारी अहिले बिहान साढे ११ बजेपछि राजमार्गको उत्तरतर्फको कच्ची बाटो (४० किलोमिटर हुँदै झ्यालबासको बाटो) हुँदै हिँडाइएको छ ।

    राजमार्गको ४० किलोमिटरदेखि उत्तर झ्यालबास हुँदै महेन्द्र राजमार्गको डन्डामा गाडी निस्कने वैकल्पिक बाटो बनाइएको छ । ‘डाइभर्सन सडकमा पनि ठाउँठाउँमा गाडी फसेर हैरान छ । गएराति वर्षात्का कारण महेन्द्र राजमार्गको ४० किलोमिटर भन्ने स्थानमा गाडी हिलोमा फसेको हो । अहिले पनि त्यहाँ फसेका गाडी डोजर र स्काभेटरले धकेल्दै र तान्दै गरेर पठाउँदै छौं,’ प्रहरी प्रमुख भुवनेश्वर तिवारी भन्छन्, ‘राजमार्ग सुकेपछि सोझै राजमार्गबाट वारपार गराइने छ ।

    त्यसैगरी प्रहरी कार्यालय नवलपरासीले डाइभर्सनको बाटो मर्मत कार्य भई रहेको हुदा पुर्व बाट पश्चिम जाने सवारीहरु डण्डा बाट कोल्हुवा हुदै अरुणखोलाको रुट प्रयोग गर्न र पश्चिम बाट पूर्व जाने सवारीहरुले चोरमार बाट हुप्सेकोट हुदै डण्डा निस्कने रुटको प्रयोग गर्न सम्बन्धित सवैलाई सुचना जारी गरेको छ ।

    यो क्षेत्रमा गएराति वर्षात् भएको थियो । राजमार्ग बिग्रिएको स्थान जंगलमा पर्दछ ।