× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    महेन्द्र राजमार्ग फेरि अवरुद्ध

    २ वर्ष पहिले

    चैत्र -७, पूर्वी नवलपरासीको अरुणखोला नजिक फेरि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । प्रहरी चौकी चोरमाराका अनुसार चोरमाराबाट पश्चिम अरुणखोला नजिकको गंडारखोला भन्ने स्थानमा दुईवटा मालबहाक ट्रक बिग्रिएर फसेपछि मंगलबार दिउँसो २ बजेबाट फेरि राजमार्ग अवरुद्ध भएको हो ।

    चोरमारा र अरुणखोलाको बीचमा रहेको गंडारखोलामा ट्रकको पट्टा खसेर गाडी फस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरीका सई टीकाराम पोख्रेलले जानकारी दिए । राजमार्ग फराकिलो बनाइँदा निर्माण गरिएको डाइभर्सनमा रातोमाटोको हिलोमा गाडी फसेको हो । दुवै ट्रकको क्राउन भाचिएर फसेपछि पूर्व-पश्चिम हिँडेका गाडी अरुणखोला र चोरमारा बीचको जंगलमा रोकिएका छन् ।

    सोमबार राति साढे १० बजेबाट चोरमारा कावासोती बीचको ४० किलोमिटर भन्ने स्थानमा जाममा परेका गाडी झ्यालबास र कोल्हुवा हुँदै वारपार गराइएको थियो । दुवै भित्रि सडकबाट निस्केका गाडी फेरि राजमार्गमै निस्कन्छ । राजमार्ग हुँदै पूर्व-पश्चिम हिँडेका गाडी फेरि अरुणखोला नजिक जाममा पर्दा सयौं यात्रु अलपत्र परेका छन् ।