× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको मृत्यु, दर्जनौँ घाइते

    १ वर्ष पहिले

    चैत्र -१२, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ ।दर्जनौँ जना घाइते भएका छन् ।

    आँधीले धेरै ग्रामीण सहरहरूलाई ध्वस्त पारेको छ । पश्चिमी शार्की काउन्टीको रोलिङ फोर्क लगभग पूर्ण रूपमा नष्ट भएको छ।

    आँधीबेहरीले राज्यभरका समुदायहरूलाई विनाशकारी क्षति पुर्‍याएको छ । सयौँ भवन ध्वस्त भएका छन् भने गाडीलाई आँधीले उडाएर समुन्द्रमा पुर्‍याएको छ ।

    आँधीले सडक र बिजुली अवरुद्ध हुँदा उद्दार र राहतमा कठिनाइ भएको छ । स्थानीय बासिन्दा ब्रान्डी शोहले सीएनएनलाई भनिन् “मैले यस्तो कहिल्यै देखेको थिइनँ… यो सुन्दर र सानो सहर थियो, र अब यो गएको छ।”

    मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले क्षतिको संकलन र राहतको लागि आपतकालिन अवस्था घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि मिसिसिपीका तस्बिरहरूलाई हृदयविदारक भनेर वर्णन गर्दै संघीय सरकारले सक्दो सहयोग गर्ने वाचा गरेका छन् ।

    आइतबार बिहान अलाबामा र जर्जियाका केही भागहरूमा थप आँधी आउने र ठूलो असिना आउने सम्भावना छ।

    शक्तिशाली आँधीपछि क्षति भएको भिडियो