२ वर्ष पहिले
चैत्र-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा फेरि कोरोनाको बिरामी ह्वात्तै बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ६९ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ४ सय ८१ जना पुगेको छ ।
२४ घण्टामा ४ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या २५ जना रहेको छ । हालसम्ममा ६० लाख १८ हजार ९ सय ८८ जनाको पिसिआर भएको जनाईएको छ।
पछिल्लो २४ घण्टामा १२ सय ६६ जनामा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या ४४ जना रहेको छ। हालसम्ममा १६ लाख ३६ हजार ६ सय ८४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या १ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८९ हजार १ सय ६२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६६ जना रहेको छ।