× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रधानमन्त्री दाहालविरूद्ध नाराबाजी गर्दा मुख बन्द गर्दै पक्राउ परेका तीन युवा धरौटीमा रिहा

    १ वर्ष पहिले

    चैत्र-१४, प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन जना युवक धरौटीमा रिहा भएका छन् ।

    गत ७ गते सार्वजनिक कार्यक्रममा सहभागी हुन बानेश्वर पुगेका प्रधानमन्त्री दाहालविरुद्व नाराबाजी गरेपछि प्रहरीले सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्माको मुख बन्द गर्दै पक्राउ गरेको थियो ।

    उनीहरु मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५-५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।उनीहरूमाथि अभद्र व्यवहारको कसुर लागेको थियो ।

    प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी रकम नबुझाएका कारण सोमबार उनीहरूलाई कारागार चलान गरिएको थियो । मंगलबार धरौटी बुझाएपछि उनीहरु रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरिक्षक (डीएसपी) निरञ्जन भट्टले जानकारी दिए ।