× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तलबको रकमले जनताको घर छाउँदै र सिढीं बाटो बनाउदै इच्छाकामनाका वडा अध्यक्ष तेजबहादुर शेरचन

    १ वर्ष पहिले

    चैत्र-१४, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तेजबहादुर शेरचनले आफुले पाएको तलबको रकम जनताको काममा खर्चिएका छन्।

    इच्छाकामना वडा नं ५ भरस्वरामा स्थानीयको सक्रियतामा ४० मिटर लामो सिढि लगाउने कार्य शुरु गरेको भएतापनि रकम अभावले काम अधुरो भएपछि सिढी बाटो बनाउन नेतृत्व गरेका नन्दु विकको अनुरोधमा वडा अध्यक्ष शेरचनले आफ्नो तलब वापत आएको रकमबाट ४६ हजार ८ सय ६० रुपैयाँ उपलब्ध गराई सिढी लगाउने काम सम्पन्न गरेका हुन्।

    सो सिढीं बाटो स्थानीयको श्रमदान तथा वडा अध्यक्षको ब्यक्तिगत आर्थिक सहयोगले जनताले चिताएको काम पुरा भएको सिढी बाटो बनाउन नेतृत्व गरेका नन्दु विकले बताए।

    यस्तैगरि वडानं ५ को साठिमुरे भन्ने स्थानमा आर्थिक रुपमा विपन्न धनबहादुर गुरुङको घर स्थानीय छिमेकीको सहयोगमा ठडिएको भएपनि रकम अभावले छाना छाउन नसकेपछि स्थानिय जनताको अनुरोधमा अध्यक्ष शेरचनले तलब रकमबाट ३६ हजार रुपैयाँ बराबरको जस्ता पाता उपलब्ध गराई घर छाएका छन्।

    छरछिमेकीको सहयोगमा घर ठडिएको तर रकम अभावले छाना छाउन नसकेको आफुले प्रत्यक्ष देखेपछि छाना छाउन सहयोग गरेको वडा अध्यक्ष शेरचनले बताए।

    अध्यक्ष शेरचनले आफुलाई प्राप्त तलबको रकम आफ्नो व्यक्तिगत प्रयोजनका लागि खर्चिने भन्दापनि विपन्न जनताको आवश्यकतामा खर्चिदै जानेपनि हाइवे समाचारलाई बताउनुभयो।